झापा, जेठ २ । इलाममा नातिको कुटाइबाट वृद्ध हजुरबुवा र हजुरआमा घाइते भएका छन् ।

हिजो साँझ ७.२० बजे इलाम नगरपालिका–२ दारी भञ्ज्याङ बस्ने ७२ वर्षीय चन्द्रबहादुर गुरुङ र उनकी श्रीमती ७७ वर्षीया सोममाया गुरुङलाई उनीहरुका नाति २३ वर्षीय अंजित गुरुङले मादक पदार्थ सेवन गरी कुटपिट गरेका हुन् । अंजितले घरमा आई दुवै जनालाई हात र मुक्काले कुटपिट गरी घाइते बनाएका छन् ।
दुवैजनाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । कुटपिट गर्ने अंजित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।