झापा, जेठ २ । इलाममा एक ८६ वर्षीय वृद्धले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान अन्दाजी ६.४० बजे देउमाई नगरपालिका – ६ फुटुक बस्ने ८६ वर्षीय मानबहादुर लिम्बूले आफ्नो घरदेखि पश्चिम अन्दाजी ५० मिटरको दुरीमा रहेको आफ्नै बारीको किम्बुको रुखमा प्लास्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।

वृद्ध लिम्बूले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी खटिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्