झापा , जेठ २ । जंगलबाट काठको गोलिया बोकेर घर फर्किने क्रममा लडेर मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे कानेपोखरी गाउँपालिका– ७ शान्ति चोकमा सोही ठाउँ बस्ने ५७ वर्षीय पदमबहादुर गुरुङको जंगलबाट काठको गोलिया बोकी घर फर्किने क्रममा बाटो छेउमा रहेको डिल नाघ्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पथरीबाट टोली गएर मृतकको शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्