झापा , जेठ २ । एक सातादेखि बेपत्ता भएका इलामका एक व्यक्ति मृत फेला परेका छन् ।

गत बैशाख २६ गते इलाम देउमाई नगरपालिका –१ चमैता बस्ने ५१ वर्षीय मेखबहादुर राई आफन्तकोमा जान्छु भनी हिडेपछि बेपत्ता भएका थिए । घर फर्कि नआएका राईलाई आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आफ्नै घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा रहेको खम्बुडाँडा जंगलमा घोप्टो परी मृत अवस्थामा फेला पारेका थिए ।

सोही वडाका वडा अध्यक्ष मिनराज श्रेष्ठले प्रहरी चौकी रक्सेमा टेलिफोनमार्फत जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली जाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्