झापा,जेठ २ । संखुवासभा पाँचखपन नगरपालिका–४ खापुङमा रुखबाट लडेर ६२ वर्षीय सिद्धलाल गिरीको मृत्यु भएको छ।


गिरीको घाँस काट्ने क्रममा घर छेउमा रहेको बरको रुखबाट झरेर शुक्रवार दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा भएका चौपायालाई घाँस काट्ने क्रममा गिरी रुखबाट करिब ३० फिट माथिबाट झरेका थिए ।
घरनास्थलमै मृत्यु भएका उनको शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टमका लागि ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्