झापा, जेठ २ । मोरङको कटहरी गाउँपालिका ४ स्थित क्वालिटी चेम साबुन फ्याक्ट्रीमा कार्यरत एकजना मजदुरको मेसिनले च्यापिएर मृत्यु भएको छ ।

आज दिउँसो ४ बजे फ्याक्ट्रीमा काम गर्ने अन्दाजी ३५ वर्षीय भिम राजवंशीको मेसिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । उनको ठेगाना खुल्न सकेको छैन ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्