झापा, जेठ २ । विषालु सर्पले डसेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ ।

आज मध्यान्ह सुनसरी कोशी गाउँपालिका –२ लौकही बस्ने रंजित साहकी श्रीमती २४ वर्षीया आशादेबी साहलाई आफ्नै परालको माचमा पराल लिन जाँदा सर्पले बाँया खुट्टामा टोकेको थियो ।
उनलाई जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोवेल अस्पताल विराटनगर ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय लौकहीबाट प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको बताइएको छ ।