झापा , जेठ ३ । पाँचथरको फिदिममा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ ।

गएराति ९ः३० बजे पाँचथर फिदिम नगरपालिका – १ शनिबारेमा रहेको शान्तबिर तामाङको घरको तीनतला माथि बार्दलीबाट अचानक लडेर ५७ वर्षीय आइतराज केरुङको मृत्यु भएको हो । गम्भीर घाइते भएका केरुङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ ।
पाँचथर फालेलुङ –३ मेमेङ घर भई हाल उनी फिदिम –२ पल्लोटारस्थित लिला भण्डारीको घरमा डेरा गरी बसेका थिए । उनी ज्याला मजदुरी गर्दै छोरा चन्द्र केरुङसँग बस्दै आएका थिए ।