झापा , जेठ ३ । मोरङको रतुवामाई नगरपालिकाको वडा नं –१ र २ को विभिन्न स्थानबाट प्रहरीले झापाका ७ सहित १३ जना लागूऔषध कारोबारी पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ लागूऔषध लिएर आउँदै गर्दा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगर , इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु निम्न छन् ।
१) प्र १ –०१–०१४ प ४४६ मोटरसाइकल चालक मोरङ कानेपोखरी – ७ बस्ने ३८ वर्षीय जोनी राईको साथबाट प्लाष्टिकसहित ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद
२) मोटरसाइकलको बिचमा सवार मोरङ कानेपोखरी –५ बस्ने १९ वर्षीय अशोक कटुवाल
३) मोटरसाइकल पछाडी सवार मोरङ लेटाङ –६ बस्ने ३२ वर्षीय सनम राईको साथबाट प्लाष्टिकसहित ४ ग्राम ८१० मिलिग्राम ब्राउनसुगर बरामद
४) को २८ प ५१९६ न. को स्कुटी चालक मोरङ उर्लबारी –२ बस्ने ३३ वर्षीय मिलन ढकाल (स्कुटीको हेडलाईटभित्र) प्लाष्टिकसहित ५ ग्राम १३० मिलिग्राम ब्राउनसुगर बरामद
५) स्कुटी पछाडी सवार उर्लावारी– ३ बस्ने ३३ वर्षीय मुकुन्द दुलाल
६) मे १० प ८१११ मोटरसाइकल चालक झापा गौरादह– ८ बस्ने २३ वर्षीय ओमनारायण ताजपुरियाको साथबाट प्लाष्टिकसहित १ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद
७) नम्बर प्लेट नभएको मोटरसाइकल चालक झापा कमल – २ बस्ने २७ वर्षीय समिर न्यौपानेको साथबाट प्लाष्टिकसहित १ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर बरामद
८) नम्बर प्लेट नभएको मोटरसाइकल पछाडी सवार झापा कमल –२ बस्ने २७ वर्षीय निरज सुब्बा
९) मे ५ प ४५०६ न. को मोटरसाइकल चालक झापा कमल – ४ बस्ने ३० वर्षीय इन्द्र लिम्बू
१०) मोटरसाइकल पछाडी सबार झापा कमल – ४ बस्ने ३६ वर्षीय सुमन राईको साथवाट प्लाष्टिकसहित ३ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर बरामद
११) मे ३ प ६६६५ न. को मोटरसाइकल चालक झापा दमक– ५ बस्ने २२ वर्षीय आशिषकुमार साह
१२) मोटरसाइकल पछाडी सवार दमक– ५ बस्ने २८ वर्षीय निरज सुबेदीको साथबाट प्लाष्टिकसहित ४ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर बरामद
१३) पैदलयात्री मोरङ रतुबामाई – ८ बस्ने ३३ वर्षीय नबिन नेपालीको साथबाट प्लाष्टिकसहित २ ग्राम ९९० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ ।
त्यस्तै झापा र मोरङबाट लागूऔषध ब्राउनसुगर र प्रतिवन्धित औषधीसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघनडुव्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका–७ का २८ बर्षीय मोहमद अलीलाई ३३ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति–४ का ३५ बर्षीय सागर खड्कालाई ५८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
उता मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी–८ का २३ बर्षीय विवेक खड्कालाई प्रतिबन्धित औषधी १०० चक्कीसहित नियन्त्रणमा लिएको छ । त्यस्तै लागूऔषधको कारोबार गरेको आरोपमा प्रहरीले उर्लाबारीबाट आमा र दुई छोरालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।
सुराकीको आधारमा उर्लाबारी– ४ आइतवारेबाट ४९ बर्षिया लीलाकुमारी थारु, उनका छोराहरु २५ वर्षीय रञ्जित धामी थारु र २४ वर्षीय प्रवीन धामी थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए ।
उनीहरु बस्ने कोठा खानतलासी गर्दा लुकाइराखेको ३८ वटा प्लाष्टिकको पोका पारेर राखेको ७ ग्राम २० मिलिग्राम ब्राउनसुगर, बिनाप्लाष्टिक २ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगरका साथै विभिन्न कम्पनीको ६ थान मोवाईल फोन र नगद ५ लाख ५० हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक बरालले जानकारी दिएका छन् ।