झापा , जेठ ३ । घरायसी विवादलाई लिएर झापाको शिवसताक्षीमा बाबुले आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका छन् ।

आज बिहान अन्दाजी ७ः१५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर–३ पाराबारी बस्ने ४० वर्षीय मनकुमार तामाङ र उनका छोरा १८ वर्षीय सुसन तामाङबिच घरायसी विवाद भई झगडा हुँदा मनकुमारले छोरा सुसनलाई खुकुरी प्रहार गरेका हुन् ।

टाउको र दाहिने खुट्टाको घुँडा पछाडि खुकुरीले काटेर घाइते भएका सुसनलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ । खुकुरी र खुकुरी प्रहार गर्ने मनकुमारलाई प्रहरी चौकी धरमपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्