कुमरखोद, जेठ ३ । नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको झापा गाउँपालिका सभापतिमा पुनः भुपेन्द्रजंग वस्नेत ५ वर्षको लागि निर्विरोध चयन भएका छन् ।

उनको अध्यक्षतामा १७ सदस्यीय गाउँ कार्यसमिति गठन भएको हो । झापा गाउँपालिका वडा नं ३ कामाटोली वजारमा रहेको सामुदायिक भवनमा भएको तरुण दलको पाँचौ गाउँ अधिवेशनले कार्यसमितिको उपसभापतिमा श्याम गणेश , सचिव मदन लिम्वू , सह–सचिव समशेर अली, कोषाध्यक्षमा तृष्ण आचार्यलाई सर्वसम्मतले चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मनोज गौतम , कविर ठाकुर , अस्तर अली , महमद अली , आजमेर अली, मार्कुस हेमरम , उत्सव थपलिया , सादिक अली मिया , केदार गणेश , वर्षा किस्कु , तवारुक अली र खुसियन गणेश चयन भएका छन् ।
यसैगरी झापा गाउँपालिकाको सातै वटा वडामा पनि तरुण दलको सर्वसम्मत नेतृत्व चयन भएको छ । तरुण दलको वडा नं १ को सभापतिमा मौसम आलम , उपसभापति अभिराम यादव , सचिव नगेन्द्र गणेश , सह–सचिव सद्धित आलम र कोषाध्यक्ष पायल थेवे रहेका छन् । त्यसैगरी वडा नं २ को सभापतिमा हेमकुमार राजवंशी , उपसभापति रंजन टुडु , सचिव कृष्ण खड्का , सह–सचिव पिटर हेमरम , कोषाध्यक्ष गोमा परियार , वडा नं ३ को सभापतिमा मोहन मण्डल , उपसभापति सन्जहमा मोहन मण्डल , उपसभापति सन्जहाङ्ख लिम्वु , सचिव ऋषि राजवंशी , कोषाध्यक्ष पूर्णिमा पौडेल, यसैगरी वडा नं ४ को सभापतिमा अरुणकान्त झा, उपसभापति मुक्तेश्वर कुमार चौधरी , सचिव जावेद अन्सारी , सह–सचिव जसवन्त चौधरी र कोषाध्यक्ष कल्पना गणेश , वडा नं ५ को सभापतिमा आजाद अली , उपसभापति राघव यादव , सचिव विक्रम मण्डल , सह–सचिव समशेर शेख र कोषाध्यक्ष नेहा गणेश , वडा नं ६ को सभापतिमा सौरभ कार्की , उपसभापति अभिषेक शिवाकोटी , सचिव सुरज गौतम , सह–सचिव अंकित पौडेल र कोषाध्यक्ष भूमिका भट्टराई तथा वडा नं ७ को सभापतिमा अर्जुनप्रसाद सिटौला , उपसभापतिमा प्रदिप मण्डल , सचिव नविन हुसेन , सह–सचिव दिलवहादुर मगर र कोषाध्यक्ष रंजिता खड्का सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला सभापति देउकुमार थेवेले सपथ ग्रहण गराउनुका साथै वधाइ दिएका छन् ।भुपेन्द्रजंग वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति थेवे , विशेष अतिथि कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा तरुण दल झापाका सभापति गोपाल तामाङ , कोशी प्रदेश सांसद लखीकुमारी गणेश , क्षेत्र नं ४ का क्षेत्रीय सभापति जयनारायण शाह , महासमिति सदस्य अन्जुदेवी थपलिया , जिल्ला सदस्य शिव कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा झापा गाउँपालिका पार्टी सभापति सागीरथप्रसाद गणेश, महाधिवेशन प्रतिनिधि टंक विश्वकर्मा र सिता थेवे , जिल्ला सदस्य जगन्नाथ राजवंशी , नेपाल मुस्लिम संघ झापाका सभापति सफिउल्ला अन्सारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा नं ६ का सभापति मनकुमार मिश्रले गरेका थिए भने स्वागत मन्तव्य ओमप्रकाश गणेशले गरेका थिए ।