झापा, जेठ ३ । केही दिनदेखि हावाहुरीले जताततै वितण्डा मच्चाउन थालेको छ ।

गएराति अन्दाजी १०ः३० बजे झापा गौरीगंज गाउँपालिका वडा नम्वर ३ ठेकीटोला बस्ने मिनादेवी राजवंशीको टिनको छाना भएको ,बाँसको टाटीले सेन्ट्री बेरा गरेको एकतले २ कोठे घरको छाना पानीसंगै आएको हावाहुरीले उडाएको छ । घरको छाना पुरै उडाउँदा अन्दाजी ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उता गएराति बर्षासंगै आएको हावाहुरीले खोटाङ साकेला गाउँपालिका २ मा रहेको आधारभूत अस्पताल भवनमा क्षति पुर्याएको छ । ढुंगा सिमेन्टले बनेको २ तले ६ कोठे आधारभूत अस्पताल भवनको टिनको छानो र सय वाटको २ वटा सोलार प्यानल उडाएको प्रहरीले जनाएको छ ।