भद्रपुर , जेठ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुर नगर समितिको सभापतिमा प्रेम नेउपाने चयन भएका छन् ।

हिजो सम्पन्न प्रथम नगर अधिवेशनले प्रेम नेउपानेको सभापतित्वमा १४ सदस्यीय नगर समिति गठन गरेको हो । जसको उपसभापतिमा रुद्रप्रसाद चुडाल , सचिव प्रेमप्रसाद खनाल, सहसचिव टेकबहादुर गुरुङ तथा सदस्यहरुमा रामबहादुर कार्की, राधाकृष्ण अधिकारी, दुर्गा गुरागाईं गौतम , अनिता लिम्बू , पवन रोक्का , कञ्चन मुर्मु , श्रवणकुमार पहाडी , पुनमकुमारी मेचे र डिकबहादुर बुढाथोकी रहेका छन् ।

भद्रपुर–६ स्थित मोहपाल धर्मशालाको सभाहलमा भद्रपुर नगर समितिको आयोजनामा कार्यक्रम भएको थियो । भद्रपुर नगर समितिका सभापति प्रेम नेउपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य निशा डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सोभिता गौतम, पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौला, कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५१ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्