झापा, जेठ ४ । मोरङको विराटनगरमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

गएराति १२.५ बजे बिराटनगर –३ आयल निगमनजिक खार्जीबाट कंचनवारीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५०प ९७९६ नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर –६ बस्ने अन्दाजी ५० वर्षीय मोहम्मद अब्दुल कलाम घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्