झापा, जेठ ४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित भद्रपुरका एक युवक पक्राउ परेका छन् ।

आज साँझ ५.१० बजे भद्रपुर नगरपालिका वडा न.३ आपगाँछीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेका साइकलयात्री भद्रपुर नगरपालिका वडा न. ३ ज्ञाने चोक बस्ने १७ वर्षीय आयुष तामाङ लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनीसंग प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको प्लाष्टिकसहित ९ ग्राम ११०मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याइ राखिएको र थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाउने कार्य भइरहेको प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिएका छन् ।