झापा, जेठ ४ । बिर्तामोड ७ मा अवस्थित कञ्चन अंग्रेजी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत स्कुल क्याप्टेन र भाइस क्याप्टेन छानिएका छन् ।

व्यावहारिक ज्ञान दिने उद्देश्यले निर्वाचन कार्यतालिका नै बनाएर नानीहरुलाई चुनावको ज्ञान दिएको निर्वाचन अधिकृत लोकनाथ पकुवालले बताएका छन् । वैशाख २५ गतेदेखि सुरु भएको निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख २६ गते उम्मेद्वारी दर्ता ,२७ गते दावी विरोध, २८ गते उम्मेदवारको नामावली प्रकाशित भएको थियो भने जेठ २ गतेदेखि मौन अवधि सुरु गरेर जेठ ४ गते निर्वाचन भएको हो ।

कक्षा ५देखि १० सम्मका जम्मा २२५ मतदाता २३९ रहेकामा जम्मा २२९ मत खसेको थियो भने मत १९बदर भएको थियो । जसमा स्कुल क्याप्टेन छात्रातर्फ ओजस्वी खनाल र छात्रतर्फ तेजराज घिमिरे निर्वाचित भएका छन् । भाइस क्याप्टेनमा दिविशा चम्लागाई र आर्यन बास्तोला निर्वाचित भएको विद्यालयका फाउण्डर डिल्लीराम चम्लागाईले जानकारी दिएका छन् ।