झापा, जेठ ४ । लागऔषध ब्राउनसुगरसहित झापाको दमक र कमलका दुई युवा पक्राउ परेका छन् ।

हिजो बेलुका अन्दाजी ४ः२० बजे गौरीगञ्ज गाउँपालिका वडा न.२ आँपगाछी बजारस्थित भित्री सडकखण्डमा भारतबाट तुलाचन चौकतर्फ आउँदै गरेको प्र.१–०२–०४३ प ८२०९ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार दमक नगरपालिका वडा न. ३ फनपार्क बस्ने १९ वर्षीय मिङसो लिम्बूको प्लाष्टिकसहित ९ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाइकल र मोटरसाइकल चालक कमल गाउँपालिका ५ बस्ने २२ वर्षीय सुजन तोलाङ्गी समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ । जिल्ला अदालतबाट म्याद थप गरि उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्