झापा, जेठ ४ । सुनसरीमा नशालु पदार्थ सेवन गरी आफ्नै आमालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् ।

हिजो बिहान १० बजे सुनसरी बराहक्षेत्र –६ नेताचोक बस्ने ३९ वर्षीया आमालाई उनकै सहोदर छोरा २५ वर्षीय युवकले नशालु पदार्थ सेवन गरी जवरजस्ती करणी गरेका हुन् ।
ती महिलाका आफन्तले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको छ ।