झापा , जेठ ५ । मोरङको रतुवामाई नगरपालिका– ६ त्रिवेणी चोकमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।

हिजो साँझ ६.४० बजे आमवारी –उर्लावारी सडकखण्डमा आमवारीबाट उर्लावारीतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ९०६० नं. को मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीया भवानी मेहता गंभीर घाइते भएकी थिइन् । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर उपचारको लागि रंगेली अस्पताल पठाइएकोमा उपचारको क्रममा साँझ ७;१० बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।
मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।