झापा, जेठ ५ । जिल्ला प्रहरी कार्यालय इलामले बहुविवाह कसुरका एक फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका घर भई हाल इलाम नगरपालिका १२ साङरुम्बा बस्ने ५९ वर्षीय मानबहादुर राई रहेका छन् । अभियुक्त राईलाई २०७० पुष १६ गते इलाम जिल्ला अदालतको फैसलाले ११ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
फरार रहेका अभियुक्तलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अबस्थामा आज इलाम नगरपालिका १२ स्थित साङरुम्बाबाट पक्राउ गरेको हो । पक्राउ फरेका राईलाई इलाम जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले आजै कारागार पठाइएको इलाम प्रहरीले जनाएको छ ।