झापा, जेठ ५ । मोरङको रंगेली– कानेपोखरी भित्री सडकखण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो रंगेली नगरपालिका ८ दर्वेसा टोलस्थित रंगेली– कानेपोखरी भित्री सडकखण्डमा को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले वडा नं ७ बस्ने दिलिप मण्डलकी छोरी १३ वर्षीया मिरा मण्डललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । गम्भीर घाइते बालिकालाई उपचारको लागि रंगेली अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच मृत्यु भइसकेको थियो ।
बस र बस चालक मोरङ कटहरी ७ बस्ने ५५ वर्षीय चन्द्रबहादुर मगरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।