झापा, जेठ ६ । धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यसहित झापाको बिर्तामोड– ८ स्थित देउनिया खोलाको भेलागुडीमा बिश्रान्ती घाट निर्माण गर्ने अभियान शुरु गरिएको छ ।

शम्शेरबहादुर विष्टको अध्यक्षतामा विश्रान्ती घाट निर्माण समिति गठन गरी निर्माण कार्य शुरु गरिएको हो । समितिको उपाध्यक्षमा देवराज उप्रेती , सचिव मदनकुमार अधिकारी , सहसचिव भुपाल अधिकारी र कोषाध्यक्ष कल्पना बराल रहेका छन् । त्यस्तै सदस्यहरुमा हेमराज भट्टराई , सीता पाण्डे प्रसाई , विनोद खरेल , सूर्यबहादुर विष्ट , केशव घिमिरे , गजेन्द्र शेर्पा , कमल मगर (डेनी सञ्चार) , कालिप्रसाद राजवंशी , बद्री प्याकुरेल र इन्द्रसिंह राजवंशी रहेका छन् । त्यस्तै डम्बरप्रसाद तिम्सिनाको संयोजकत्वमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ ।

जसको सदस्यहरुमा हरि पाण्डे , हरिप्रसाद गौतम , पुण्य लम्साल , बाबुराम पराजुली , गोविन्द पाठक , एकराज विष्ट , नवराज खतिवडा , शान्तिराम निरौला ,,मनोज दाहाल , फुनिनाथ दुलाल ,गुणराज भण्डारी ,अनिल गौतम ,कुमार दर्नाल , सोयालाल राजवंशी ,रुद्र बराल र प्रेमप्रसाद गौतम रहेका छन् ।

धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले हिजो त्यस ठाउँको सरसफाई गरी माटो मिलाउने कार्य गरिएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले चाँडै शिलान्यास गरी घाट निर्माणलाई तीब्रता दिइने जानकारी दिए । उनले यो अभियानमा सामेल भई सहयोग गर्न सम्पूर्णलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्