झापा, जेठ ६ । इलाममा मादक पदार्थ सेवन गरी छोराले आमामाथि खुकुरी प्रहार गरेका छन् ।

हिजो दिउँसो १.३० बजे इलाम नगरपालिका– . ५ कुतेडाँडा बस्ने ६६ वर्षीया भिममाया राईलाई उनका छोरा ४४ वर्षीय चन्द्रबहादुर राईले मादक पदार्थ सेवन गरी लछारपसार गर्दै खुकुरी प्रहार गरेका हुन् ।
खुकुरीले भिममायाको बाँया गालामा काटिएको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको छ । खुकुरी र खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाम पठाएको छ ।