झापा, जेठ ६ । बोकाको मासुको हड्डी घाँटीमा अड्किएर धनकुटामा प्रहरी निरीक्षक घाइते भएका छन् ।

सांकेतिक तस्वीर

आज दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत प्रहरी निरीक्षक प्रमोद खड्का खाना खाने क्रममा बोकाको मासुको हड्डी घाँटीमा अड्किएर घाइते भएका हुन् ।

उनलाई उपचारको लागि इप्रका राजारानीको मोबाइल गाडीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाएको छ । उनलाई बोल्नलाई असहज भएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्