झापा, जेठ ६ । भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको दक्षिणी नाकाबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । आज बिहान ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ मा नम्बर प्लेट नखुलेको ट्रयाक्टरलाई शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदैं गरेको अवस्थामा ५० बोरा काक्राको बीउ फेला परेको थियो । प्रतिबोरा ५० के.जीका दरले काक्राको बीउ लोड रहेको थियो ।

अन्दाजी २ लाख ५० हजार बराबरको काक्राको बीउ र ट्रयाक्टरको मूल्य अन्दाजी ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनले ट्रयाक्टर चालकको खोजी जारी रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्