झापा, जेठ ७ । खोलामा दिशा फ्याँक्ने सेफ्टी ट्याङकीलाई दमक नगरपालिकाले जरिवाना तिराएको छ ।

फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै नगरपालिकाले झापा सेफ्टी ट्याङकीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको हो । शौचालयबाट निकालिएको दिशाजन्य फोहोर झापा सेफ्टी ट्यांकी दमकले दमक २ स्थित डाकिनी खोला किनारमा लगेर फ्याँकेको पाईएकाले नगरपालिकाले सो जरिवाना तिराएको जनाएको छ ।
दमक २ डाकिनी चोकदेखि १०० मिटर पूर्वमा रहेको खोलामा सो ट्याङकीले दिशाजन्य फोहोर फ्याँकेको प्रमाणित भएपछि फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को खण्ड (क) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन् ।
