झापा, जेठ ७ । अनलाईन सट्टाबाजी (अनलाईन जुवा) खेलाएको आरोपमा झापाको कन्काई ८ बाट आमा छोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्काई ८ लक्ष्मीपुर बस्ने ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाई रहेका छन् । गएराति अन्दाजी २ः३० बजे कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा अनलाईन सट्टाबाजी (अनलाईन जुवा) खेलि÷ खेलाइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले छापा मारेको थियो ।
उनीहरुबाट विभिन्न सामान बरामद भएको छ । उनीहरुको साथबाट ५ थान मोबाइल,२ थान ट्याब र एउटा ल्यापटप बरामद भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । आमा छोरीले कर्मचारी राखेर अनलाईन जुवा संचालन गर्ने गरेको जनाइएको छ ।