इलाम, जेठ ७ । इलामका ९६ जना प्रहरी कर्मचारी र उनीहरुका परिवारले निःशुल्क आँखा जाँच गराएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य र नेपाल नेत्रज्योति संघ इलामको आयोजना तथा बिराटनगर आँखा अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय इलाममा आज एकदिने निःशुल्क आँखा शिबिर संचालन गरिएको थियो । शिबिरमा ७८ जना पुरुष र १८ जना महिला प्रहरी कर्मचारीहरुले सेवा लिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीबाट आँखा जाँच गराई सो शिविरको शुभारम्भ गरेका थिए । निरीक्षण भम्रणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका बिभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी इलाम आइपुगेका थिए । प्रहरी कर्मचारी र कर्मचारीको परिवारलाई लक्षित गरेर सो शिविर आयोजना गरिएको डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्