झापा, जेठ ८ । झापाको मेचीनगर– १० हडिया पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कुटी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

गएराति ८ बजे धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प.४०१९ न.को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक बिर्तामोड–४ बस्ने २३ वर्षीय निशान श्रेष्ठ घाइते भएका हुन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । स्कुटी इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

त्यस्तै हिजो बिहान ११ बजे कनकाई नगरपालिका वडा नं.३ सुरुङ्गा चौकस्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
झिलझिलेदेखि बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख ३०२८ नम्बरको यात्रु बसले बाटो क्रस गर्दै गरेको मे ११ प ५६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम माई नगरपालिका वडा नं. ५ बस्ने ४४ वर्षीय पूर्णबहादुर योडहाङ घाइते भएका हुन् । उनलाई प्रधान मेडिकल सुरुङ्गामा लगि उपचार भइरहेको छ । बस र बसचालक खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका १० बस्ने ३२ वर्षीय ओमप्रकाश पोखेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ ।