झापा, जेठ ८ । सुनसरी मोरङ चतरा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मोरङ ग्रामथान –७ खद्रा चौक बस्ने २० वर्षीय सुमन चौधरी सुनसरी मोरङ चतरा नहरको पानीमा डुबिरहेको अबस्थामा हिजो मृत फेला परेका हुन् ।स्थानीयले देखेर इलाका प्रहरी कार्यालय हरैचामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि पठाएको छ ।