झापा, जेठ ८ । झापा दमकको आम्दा अस्पतालमा चढाउनु पर्ने ब्लड नचढाई विरामीलाई अर्कै ग्रुपको ब्लड चढाएपछि विवाद भएको छ ।

दमक नगरपालिका वडा न.२ बस्ने मगुन राईकी श्रीमती ३१ वर्षीया हेमकला राईको शरीरमा ओ पोजिटिभ ब्लड कम भई खरखरे आम्दा अस्पताल दमकमा ल्याई ब्लड चढाएकोमा डाक्टरले ए पोजिटिभ ब्लड चढाएका हुन् ।

हिजो साँझ ५ बजे विरामीलाई रगत चढाउँदै गर्दा ओ पोजिटिभ ब्लड नभएको थाहा भएपछि विवाद भएको हो । बिरामीका आफन्तहरु आई डाक्टरले लापरबाही गरेको भन्दै कार्वाहीको माग गरेका छन् । बिरामीलाई केही भए जिम्मेवारी लिनुपर्ने भन्दै अस्पताल प्रशासनलाई चेतावनी दिएका छन् ।

बिरामीको अवस्था बोल्न सक्ने सामान्य रहेको छ । विवाद भएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बिपन बिश्वकर्माको कमाण्डमा प्रहरी टोली खटिएर साम्य बनाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्