झापा, जेठ ८ । भारतको नागपुरबाट इलाममा पाहुना आएका एक व्यक्तिको अचानक मृत्यु भएको छ ।

भारतको नागपुरबाट इलाम देउमाई –४ तल्लो बुधबारेमा आफ्नो फुपूको छोरा बिरेन्द्र प्रधानको घरमा पाहुना आएका ५५ वर्षीय कृष्णवीर प्रधानको अचानक मृत्यु भएको हो ।
गएराति ११ बजे अचानक पेट दुखेर बिरामी भई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी मंगलबारेमा लगी उपचार भइरहेकोमा राति १ः३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जनाइएको छ ।