बिर्तामोड ,जेठ ९ । रोटरी क्लब अफ बिर्तामोडले आफ्नो स्थापना दिवसको अवसर पारेर वृक्षरोपण र रक्तदान कार्यक्रम गर्ने भएको छ ।

बहुआयामिक सामाजिक व्यक्तित्व ,विभिन्न संघ संस्थाहरुमा आबद्ध , क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार बस्नेतको स्मृतिमा सो कार्यक्रम गर्ने संस्थाले निर्णय गरेको छ ।

प्रत्येक वर्ष २८ मईका दिन विभिन्न मनोरंजनात्मक रुपले मनाउँदै आएको ‘ रोटरी चार्टर डे ’ लाई यस वर्ष विनोद बस्नेतको अकल्पनीय निधनले स्तब्ध रोटेरियनहरूले पृथक रुपमा मनाउने निर्णय गरेको क्लबका सेक्रेटरी डा सन्ध्या राठीले जानकारी दिएकी छन् ।

सोही निर्णयानुसार जेठ १४ गते विहान विराटपोखरस्थित विराट भरत विश्रान्ती आश्रम परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोपिने र बिर्ताबजारस्थित दुर्गा मन्दिर परिसरमा स्थानीय संस्थासंगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरिने क्लबका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले जानकारी दिएका छन् ।

पूर्वनिर्धारित क्लबको प्रि–बोर्ड मिटिङ र पूर्वअध्यक्षहरूको सम्मानसहितको कार्यक्रम आगामी दिनमा गर्नेगरी समयतालिका परिवर्तन गरिएको क्लबका एडमिनेस्ट्रेसन डाईरेक्टर मिनप्रकाश मैनालीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्