झापा, जेठ ९ । तेह्रथुमको आठराईमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

हिजो दिउँसो १२.३० बजे तेह्रथुम आठराई –३ ह्वाकुस्थित पंचमी टोलमा ठुटेवरबाट लिम्बुनी पुलतर्फ सिमेन्ट बोकेर जाँदै गरेको आर्ट कन्स्ट्रक्सन कम्पनीको ना ७ त ६३४९ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बारा अमलेखगंज बस्ने ३२ वर्षीय किशान परियार गंभीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि गणेशमान सिंह अस्पताल पाँचथर लगिएकोमा साँझ ५.४० बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्