झापा , जेठ ९ । इलाममा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

आज बिहान १०ः३० बजे इलाम माई नगरपालिका २ नमस्तेस्थित विर्तामोड– चिसापानी भित्री पक्की सडकखण्डमा महमाईबाट शुक्रबारेतर्फ जाँदै गरेको प्र १–०१–००१ ह ७३८० नं.को अटो दुर्घटना भएको हो । उक्त अटोको पछाडिपट्टीको दाहिने साइडको चक्का अचानक खुस्किएर अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
घाइते हुनेहरुमा अटो चालक माई –७ कप्पर सुख्खा वस्ने ५६ वर्षीय टेकप्रसाद लिम्बू (बाँया खुट्टामा सामान्य चोट अवस्था सामान्य ) , सोही अटोमा सवार सोही ठाउँ वस्ने ७९ वर्षीया तेजमाया लिम्बू (बाँया हातमा सामान्य चोट) र ७२ वर्षीया बुद्धिमाया आङदेम्बे ( बाँया हातमा सामान्य चोट ) रहेका छन् ।
घाइतेहरुलाई उपचारको लागि माई अस्पताल सितली दानाबारी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।