झापा , जेठ ९ । जंगली च्याउ खाएर इलाममा आमा छोरी सिकिस्त भएका छन् ।


आज बिहान अन्दाजी ११ बजे इलाम चुलाचुली– ४ पालिका टोल वस्ने डम्बरबहादुर राईकी श्रीमती ४२ वर्षीया पुनम राई र उनकी छोरी १८ वर्षीया नाम्ची राईले आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका थिए ।

सोही च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दुवैजनाको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ । बोल्न सक्ने दुवै जनाको अबस्था मध्यम रहेको इलाम प्रहरीले जनाएको छ । दुई दिनअघि जंगली च्याउ खाएर इलामको सूर्योदयमा तीन र चुलाचुलीमा दुईजना गरी पाँचजना विरामी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्