झापा, जेठ ९ । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा मेचीनगरका दुईजना युवा पक्राउ परेका छन् ।

आज साँझ ५ बजे मेचीनगर नगरपालिका वडा नम्बर–१० खयरडाँगीमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खयरडाँगी बस्ने ३३ वर्षीय मोहन चौधरी र मेचीनगर –१५ बस्ने ३४ वर्षीय डिपलेस मेचेलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो ।
उनीहरुमध्ये चौधरीले मलद्वारमा लुकाएको अबस्थामा प्लाष्टिकसहित ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला फरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । उनीहरुले प्रयोग गरेको मे.९प.३९४९ नम्बरको स्कुटर र स्मार्ट फोनसमेत बरामद गरिएको छ ।