झापा, जेठ ९ । जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ४ छयारछयारे बस्ने ३२ वर्षीय गोबिन्द बिष्ट रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएर पक्राउ गरेको हो ।

विष्टले जेठ २ गते राति ९ बजे आफ्नै घर कोठामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका थिए । पीडितले दिएको जाहेरीको आधारमा विष्टलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्