झापा, जेठ १० । स्थानीय युवतीलाई जबरजस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने भद्रपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी २० वर्षका शंकर राजवंशी रहेका छन् । कनकाई नगरपालिका वडा न. ८ लक्ष्मीपुरमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

गत असोज २४ गते बिहान ४ः३० बजेदेखि राति ९ बजेसम्मको समयभित्र भद्रपुरको डेग्लो होटलमा राजवंशीले १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । घरमै हातखुट्टा सुन्निएर सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी युवतीलाई प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेका थिए ।पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि हिजै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्