झापा, जेठ १० । झापाको भद्रपुर नगरपालिका वडा न.६ कामती टोलमा रहेको काली मन्दिरमा चोरी भएको छ ।

बिहीवार राति मन्दिरको मुल ढोकाको ताल्चा खोली मन्दिरभित्र मूर्तिमा चढाएको चाँदीको बिभिन्न गरगहना २० हजार , सुनको टिका १ थान र नाकको फुली १ थान गरी ४० हजारसमेत गरी जम्मा ६० बराबरको धनमाल चोरी भएको हो ।

स्थानीयले हिजो जानकारी गराउनसाथ उक्त स्थानमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर चोरीमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्