झापा, जेठ १० । इलाममा बाटोबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो ४.५० बजे इलाम माङसेबुङ गाउँपालिका– ५ भालुटार बस्ने ६८ वर्षीय धनराज लिम्बूको आफ्नो घरदेखि अन्दाजी ५ सय मिटर पूर्वमा रहेको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो । बाटोबाट अन्दाजी ६ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ५ बजे मृतकका छोरा धड्कन लिम्बूले प्रहरी चौकी बाँझोमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । आफन्तहरुसँग बुझ्दा मृतकले मिर्गी रोगको विगत २ बर्षदेखि औषधी सेवन गर्दै आएको भन्ने बुझिएको छ । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्