झापा, जेठ १० । झापाको बुद्धशान्तिमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीनजना घाइते भएका छन् ।

आज साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –३ को सात नम्वर चौकस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ९९६९ नम्बरको मोटरसाइकल र बिपरीत दिशातर्फ आउँदै गरेको प्र.१–०१–०१५ प ५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा प्र.१–०१–०१५ प ५०६ नम्बरको मोटरसाइकल चालक भद्रपुर –९ बस्ने ३५ वर्षीय भानु कोईराला र सोही मोटरसाइकलमा पछाडी सवार मेचीनगर –१४ बस्ने ३० वर्षीय भिमबहादुर गनगाई र मे ११ प ९९६९ नम्बरको मोटरसाइकल चालक बुद्धशान्ति .–३ बस्ने ३० वर्षीय मदनकुमार तामाङ घाइते भएका छन् ।
कोईराला र गनगाईलाई उपचारको लागि बिर्तासिटी अस्पताल र तामाङलाई सिटी अस्पताल बुधबारे लगिएको छ । दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।