झापा, जेठ ११ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।

गएराति करिब ११ः३० बजे दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका छन् । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार जिपमा पाँच जना सवार थिए । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा प्राथमिक उपचारपश्चात् एक जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

घाइतेमध्ये एक जनाको अबस्था गम्भीर छ भने चालकको अवस्था सामान्य रहेको छ । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्