झापा, जेठ ११ । सर्पले डसेर मोरङको बेलबारीमा एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ ७ः३० बजे बेलबारी –८ बिरेन्द्र चोक बस्ने सुवास खत्रीका छोरा ११ वर्षीय शिशिर खत्रीलाई सर्पले दाहिने खुट्टाको पंजामा टोकी उपचारको लागि कोशी अस्पताल बिराटनगर लगेकोमा चेकजाँचपश्चात् डाक्टरले राति ८ बजे मृत घोषणा गरेका थिए ।
उनलाई कुन सर्पले टोकेको हो भनेर खुलेको छैन । मृतकको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।