झापा, जेठ ११ । इलामको माङसेबुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

आज साँझ ५.५० बजे माङसेबुङ ५ मिक्लुक्लास्थित भित्री सडकखण्डमा भञ्ज्याङबाट महमाईतर्फ जाँदै गरेको मे १ त ६२३० नं को ट्रयाक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर पल्टिएको हो । दुर्घटनामा ट्रयाक्टर चालक सोही ठाउँ बस्ने अनिल राईकी श्रीमती ४२ वर्षीया प्रभा थुलुङ राई र ट्रयाक्टरमा सवार २७ वर्षीय प्रदिप राई घाइते भएका छन् ।
दुवै घाइतेहरुलाई उपचारको लागि आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ । ट्रयाक्टरमा आंशिकरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।