झापा, जेठ १२ । वीरता लेडी जेसीजले मोहनमाया माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ ।

बिर्तामोड– २ रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आज कार्यक्रम गरी वीरता लेडी जेसीजले ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले सहजीकरण गरेका थिए । त्यस्तै सह–प्रशिक्षक प्रहरी सहायक निरीक्षक इन्द्र विष्टले पनि ट्राफिक नियमका बारेमा जानकारी दिएका थिए ।

वीरता लेडी जेसीजकी कानुनी सल्लाहकार अस्मिता राई कुरुम्बाङले संयोजन गरेको सो कार्यक्रममा उनले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यकारिणी उपाध्यक्ष चन्द्रकला भट्टराई रिजालले आस्था वाचन र कार्यकारिणी उपाध्यक्ष मुना अधिकारी ढुङ्गेलले मिसन भिजन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक श्रेष्ठ र वीरता लेडी जेसीजकी सन् २०२२ की अध्यक्ष संगिता चिमरियाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन महासचिव प्रभा रायाले गरेकी थिइन् । वीरता लेडी जेसीजले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।