झापा, जेठ १३ । लिम्बू समुदायको याक्थुम्बा याक्थुमाहरुको गौरबशाली प्रतिमा ताक्वाजङ याराक्मातेनमाथि अश्लिल हर्कत गर्ने दुई युवा पक्राउ परेका छन् ।

ताप्लेजुङको फुङलिङ –४ तोक्मे डाँडामा रहेको ताक्वाजङ याराक्मातेनको प्रतिमामाथि ताप्लेजुङ मेरिङ्देन –५ लिङतेप बस्ने १८ वर्षीय स्याङ्बो शेर्पा र वडा नं –२ थिङलाबु बस्ने २२ वर्षीय लाक्पा छ्योकी शेर्पाले अश्चिल हर्कत गरेको भिडियो बनाई टिकटकमा अपलोड गरेका थिए । जसको चौतर्फी विरोध भएको छ ।

किराँत याक्थुङ चुम्लुङ इजरायलको पहलमा करिब १ करोड लगानीमा ताक्वाजङ याराक्मातेनको प्रतिमा निर्माण भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।