झापा,जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाका नाममा भएको मानवतस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।


रास्वपा सांसद् शिशिर खनालले गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।
उनले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्