झापा, जेठ १३ । बिर्तामोड– ८ स्थित देउनिया खोलामा निर्माण भइरहेको बिश्रान्ती घाटका लागि स्थानीय समाजसेवी मधुप्रसाद गौतमले १ लाख २३ हजार ५०० रुपैयाँ सहयोग गरेका छन् ।

एकपछि अर्को दाता महानुभावले सहयोग गर्ने क्रममा बिर्तामोड ८ निवासी पूर्व इन्जिनियर गौतमले सो सहयोग गरेको घाट निर्माण समितिका सचिव मदन अधिकारीले बताए । जेठ १० गते विश्रान्ती घाटको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममै बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्की र उनकी श्रीमती कल्पना कार्कीले घाट निर्माणका लागि १लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । घाट निर्माण गर्ने कार्य तीब्ररुपमा अघि बढिरहेको बताउँदै सचिव अधिकारीले भोलि पाइलिङको काम पूरा हुने जानकारी दिए ।
भेलागुडीलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यसहित करिव २ करोडको लागतमा बिर्तामोड– ८ स्थित देउनिया खोलामा बिश्रान्ती घाट निर्माण शुरु गरिएको छ ।