झापा, जेठ १३ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले जिल्लावासीलाई सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रहरी चौकी बिर्ताबजारले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लिम्बूले शान्ति सुरक्षा कायम गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन् । झापा जिल्लाको लागि सबैभन्दा ठूलौ चुनौती लागूऔषध बनेको भन्दै उनले प्रहरी एक्लैले सो समस्या समाधान गर्न नसक्ने भएकाले सबैलाई साथ दिन आव्हान गरे ।

प्रहरी चौकी ब्यवस्थापन समितिको आयोजनामा अध्यक्ष बिरेन कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले जनप्रतिनिधि र प्रहरी भनेको एक अर्काका परिपुरक भएकाले दुवै मिलेर समाजमा हुने अपराधजन्य घटना कम गर्न र शान्ति सुरक्षा मजबुत बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लिम्बू, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ , नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई , नेकपा माओवादी केन्द्रका कुवेर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा इलाका प्रहरी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठ, सशस्त्र प्रहरी शनिश्चरे बेस क्याम्पका प्रमुख प्रहरी नायव उपरीक्षक महेश बिष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल, वडा सदस्य हरि बास्कोटा, कांग्रेसका नगर सचिव दिवाकर प्रसाई, नेपाली काग्रेसका वडा सभापति प्रेम उप्रेती, नेकपा एमालेका वडा कमिटी अध्यक्ष कोसिस घिमिरे माओबादीका वडा कमिटी अध्यक्ष तुलसी ढकाल, समाजसेवी कुमार दाहाल, पूर्व जनप्रतिनिधि सृष्टी बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन मनोज घिमिरेले गरेका थिए । प्रहरी चौकी बिर्ताबजारको इन्चार्जको रुपमा प्रहरी सहायक निरीक्षक पदम विष्ट आएपछि आपराधिक क्रियाकलाप घटेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्